महोत्तरी सदरमुकाम जलेश्वरमा आजदेखि करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३ स्थानिय तहका करदाताले अब जलेश्वरमै कर बुझाउन पाएका छन् ।
करदाता सेवा कार्यालयले आज सेवा शुभारम्भ कार्यक्रमको आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा उद्घाटन गरिएको छ ।
आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख जयबहादुर भण्डारीले करदाता सेवा कार्यालय जलेश्वरका प्रमुख प्रकाश निरौलालाई प्यान कार्ड हस्तान्तरण गर्दै आजदेखि विधिवत जलेश्वरमा करदाता सेवा कार्यालय सूचारु भएको घोषणा गरेका थिए ।रासस
विराटनगर, ४ माघ । ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान बिक्री गर्ने भनि ठगि गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार...