भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक बृद्धिका लागि सवै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा जोड दिनुभएको छ । उनले सवै क्षेत्रको विकास गर्दै मुलुकको आर्थिक बृद्धिदर बढाएर यो दशकलाई भारतको दशक बनाउन आह्वान पनि गरे ।
पछिल्लो ६-७ महिनामा विभिन्न क्षेत्रको पुनर्संरचनाको गति हेर्दा बढ्दै गएको देखिन्छ, कृषि, रक्षा, उड्यन, श्रमलगायतका क्षेत्रमा त्यस्तो देखिएको छ, उहाँले भन्नुभयो । प्रधानमन्त्री मोदीले यी सवै क्षेत्रले देशको आर्थिक बृद्धिका लागि सहयोग गर्न आवश्यक रहेको बताए ।
मैसुरु विश्वविद्यलयको एक कार्यक्रमलाई सोमबार भिडियोमार्फत् सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले युवाहरुले सवै क्षेत्रको पुनर्संरचना गर्दै देशलाई ठूलो योगदान गर्न सक्ने विश्वास व्यक्त गरे । यस दशकमा हामीले देशको सवै क्षेत्रको जगलाई बलियो बनाउन आवश्यक छ, त्यो गर्न अहिले युवाहरुलाई ठूलो अवसर पनि छ, उनले भने ।
माेदीले कर्नाटक प्रदेशका विभिन्न क्षेत्रमा आएको बाढी पहिरो र त्यसले पु¥याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । सवै प्रभावित र पीडितहरुका लागि प्रान्तीय सरकार र केन्द्रीय सरकारसँगसगै रहेको पनि उनले बताए ।
अत्यावश्यक र सक्दो सहयोग उनीहरुलाई दुवै सरकारको तर्फबाट हुने पनि प्रधानमन्त्री मोदीले आश्वासन दिएका छन् । देशको विकास र शिक्षाको उपयोगिताका लागि शिक्षाले सिप, पुनर्सिप र सिपको बृद्धिमा जोड दिनुपर्ने बताएका हुन् ।रासस
विराटनगर, १८ फागुन । झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचथर आङना-४...
काठमाडौंको कुलेश्वरबाट प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न तीनजनालाई १८ लाख ७८ हजार रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-१३ घर भई...
विराटनगर, १६ फागुन । शरीर बन्धक (अपहरण)बनाइ १० लाख फिरौती माग्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर...