सरकारले तोक्यो नि:शुल्क कोरोना उपचार गर्नेको मापदण्ड (निर्णय सहित )

४ कार्तिक २०७७, मंगलवार

बिराटनगर कार्तिक ४,

कोरोना संक्रमितको नि:शुल्क उपचार गर्न सरकारले व्यक्तिहरूको वर्गीकरण गरेको छ। सो लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटा सूचीमा वर्गीकरण गरेको छ।

  • पहिलोमा विपन्नहरूको नि:शुल्क उपचार गर्ने भनिएको छ।
  • दोस्रोमा अशक्त संक्रमितहरूको पनि नि:शुल्क उपचार गर्ने भनेको छ।
  • तेस्रोमा असहाय व्यक्तिहरूले पनि नि:शुल्क कोरोनाको उपचार पाउने भनिएको छ।
  • चौथोमा असहाय एकल महिलाले पनि प्रमाणपत्र वा स्वयं घोषणा गरे निशुल्क उपचार पाउनेछन्।
  • पाँचौ भनेको अति अपांगता भएका संक्रमितले पनि नि:शुल्क उपचार पाउने भनिएको छ।
  • छैठौं भनेको जेष्ठ नागरिक संक्रमित भए त्यस्ताको पनि सरकारले नि:शुल्क उपचार गर्ने छ।
  • सातौंमा भने अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूको पनि नि:शुल्क उपचार गरिने भनिएको छ।

उपरोक्त  उल्लेखित संक्रमितहरूको विमा गरिएको अवस्थामा भने सम्पूर्ण परीक्षण तथा उपचार खर्च निजको बीमा रकमबाट कटौति गरिने उल्लेख छ। सो बाहेक अन्य व्यक्तिको हकमा भने सम्पूर्ण उपचार खर्च संक्रमित स्वयंले बेहोर्नुपर्ने सरकारले निर्णय गरेको छ।

(निर्णय )