प्रतिबन्धित लागुऔषध सहित बिराटनगर बाट दुई जना पक्राउ

४ कार्तिक २०७७, मंगलवार

बिराटनगर, कात्तिक-४ गते ।

मोरङको बिराटनगर-१६ स्थित दरैया एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा विराटनगर रानी-१५ का ३१ बर्षीय शम्भु साह र सोही स्थानका ३० बर्षीय बिकी राई रहेका जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

विशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान (RIT) समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ ६२ बोतल डाईलेक्स डिसी,१८७ ट्याब्लेट नाईट्रोजन र २३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागुऔषध सहित आज विहान सवा ४ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जना उपर  कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।