पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु

४ कार्तिक २०७७, मंगलवार
प्रतीनिधीमुल्क तस्विर

बिराटनगर, कात्तिक-४ गते ।

उदयपुर चौदण्डिगढी-१० देबधार बस्ने ९ बर्षीय बिक्रम चौधरीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सोमबार अपरान्ह ४ बजे सोही स्थानमा रहेको देबधार खोलामा पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको भनि आफन्तले राती ९ बजे ईलाका प्रहरी कार्यालय बेल्टारमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।