मोरङकाे रतुवामाईमा १२ जना जुवाडे माेटाे रकम सहित पक्राउ

४ कार्तिक २०७७, मंगलवार

बिराटनगर कार्तिक ४,

सोमबार अन्दाजी २३:५० बजे जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा नं. ७ जामबाडी स्थित पोखरीको डिलमा रहेको टहरोमा निम्न स्थान बस्ने १२ जना मानिसहरु तास खेली रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले फेलापारी निज हरुलाई निम्नानुसार नगद तथा सामान सहित नियन्त्रणमा लिई जुवा ऐन अन्तर्गत आवश्यक कारवाही प्रकृया अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय रतुवामाईले जनएको छ ।

पक्राउपर्ने मा जिल्ला मोरङ रतुवामाई न.पा.७ बस्ने बर्ष-३४ को गोपाल कटुवाल,  बर्ष-४३ को गणेश कार्की, बर्ष-३६ को दिनेश बस्नेत, बर्ष-४५ को नरेन्द्र रिजाल, बर्ष-२५ को गणेश गौतम, बर्ष-३९ को नन्दराज फुयाल, बर्ष-४२ को फणिन्द्र बुढाथोकी , बर्ष-४५को झंकराज कोइराला, बर्ष-३८ को रामभक्त भट्टराई, बर्ष-४० को सन्तोष रिजाल, बर्ष-३० को राम कार्की, बर्ष-३२ को मनोज उप्रेती गरी जम्मा १२ जना पक्राउ परेको ईलाका प्रहरी कार्यालय रतुवामाईले जनएको छ ।
ईलाका प्रहरी कार्यालय रतुवामाई अनुसार पक्राउ परेकाहरु बाट १२ थान तास, रु.१४,२७०।- (चौध हजार दुइसय सत्तरी) नगद, मलेसियन रिङ्गेट रु.६००।-(छ सय) को ३२ प ५१९२, को ३५ प ६१८६ र को २२ प ९३७९ नं. को मोटरसाईकल ब रामद गरिएको हो ।