दसैँ भत्ता : नियमित रूपमा पाउने भत्ता जनप्रतिनिधिलाई दिइएकाे विराटनगर महानगरकाे स्पष्टाेक्ति

४ कार्तिक २०७७, मंगलवार

विराटनगर । कार्तिक ०४

काेराेना महामारीका कारण देश नै गुज्रिरहेकाे बेला विराटनगर महानगरपालिकाले भने जनप्रतिनिधिलाई पन्ध्र हजारका दरले दसैँ भत्ता बाँढेकाे छ । महानगरले मेयर, उपमेयर तथा वडा अध्यक्षका साथै कार्यापालिका र वडा सदस्य गरी जम्मा ९९ जनाकाे जम्बाे टाेलीलाई भत्ता बाँढेकाे हाे ।

प्रतिव्यक्ति १५ हजारका दरले जम्मा १४ लाख ८५ हजार रूपैयाँ बाँढेकाे सूभना सार्वजनिक भएसँगै महानगरकाे तिव्र अालाेचना सुरु भएकाे हाे । सञ्चारमाध्यममा यसबारे समाचार बाहिरिएपछि हाम्राे विराटनगरसँग महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पाैडेलले प्रदेश सरकारले नै याे खालकाे निर्णय गरेकाे बताएका छन् ।

प्रत्येक जनप्रतिनिलाई अाेहाेदा अनुसारकाे प्रतिबर्ष १३ महिनाकाे तलब स्वरूप दसैँका बेला नै दिइएकाे र याे दसैँ भत्ता नभएकाे पाैडेलकाे भनाइ छ ।

प्रदेश सरकार तथा अन्य पालिकाहरूले समेत दिनमिल्ने गरी प्रावधान रहेकाे भन्दै यसबारे गलत टिप्पणी गर्नुकाे तुक नरहेकाे उनकाे बुझाइ छ । महानगरले सदा झैँ याे पाली पनि साेही शीर्षककाे रकम दिएकाे र केहीले दसैँभत्ता नदिले भनेर फिर्ता समेत गरेका छन् । जसमा ११ नं वडाका अध्यक्ष तिर्थेन्द्र न्याैपाले रहेका छन् ।

देशभर दसैँभत्ता बारे परिचर्चा चलिरहँदा विराटनगरमा पनि साेही खालकाे भ्रम सिर्जना भएकाे पाैडेलकाे दाबी छ । कानून विपरीत दसैँभत्ता भनेर केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए । यद्यपि याे साल प्रदेश सरकारले भने कुनै शीर्षकमा सांसदहरूलाई भत्ता नदिने बताइसकेकाे छ ।