सांसदहरूलाई २०० प्रतिशत बढाएर दिइँदै उपचार खर्च

४ कार्तिक २०७७, मंगलवार
प्रतिनिभि सभा

विराटनगर । कार्तिक ०४

नेपालका संघीय सांसदको उपचार खर्च २०० प्रतिशतले बढेको सार्वजनिक भएकाे छ ।

आर्थिक वर्ष (२०७६/०७७) को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा ४३ जना सांसदले ६ लाख १० हजार १६ रुपैंया ५७ पैसा उपचार खर्च लिएका थिए । चालु आवको पहिलो तीन महिनामा नै २० जनाले १२ लाख २६ हजार ८८ रुपैयाँ लिएका हुन् ।

 

चालु आवको पहिलो तीन महिनामा उपचार खर्च लिने अन्य सांसदमा दुर्गाप्रसाद उपाध्याय, मीना पाण्डे, मिनाक्षी झा, बिजय सुब्बा लगायत छन् ।

उपाध्यायले असोज ८ गते एकलाख आठ हजार १४७ रुपैयाँ, पाण्डेले साउन २३ गते एकलाख ३७ हजार ७८३ रुपैयाँ, झाले असोज २१ गते एक लाख ५८ हजार ३९७ रुपैयाँ लिएको विवरणमा उल्लेख छ । नेकपाका सांसद बिजय सुब्बाले पनि सोही मितिमा २२ हजार ३७७ रुपैयाँ उपचार खर्च लिएका छन् ।

त्यस्तै सांसदहरु तारादेवी भट्ट, उमा रेग्मी, हिरा गुरुङ, शारदादेवी भट्ट, धनश्याम खतिवडा, विमला विक, स्मृतिनारायण चौधरी, नरपति लुवार, शान्ति कुमारी अधिकारी, अगमप्रसाद बान्तवा राई, कलुदेवी विश्वकर्मा, यज्ञहादुर बोगटी, सुमित्रा बिसीले पनि उपचार खर्च लिएकाे देखिन्छ ।

संसद सचिवालयले सांसदहरुलाई सरकारी अस्पतालमा उपचार गराएको भए पुरै र निजी अस्पतालमा भए आधा रकम दिने मापदण्ड छ ।

सांसदले बिल पेश गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संसद सचिवालयकै अधिकारीहरू रहेको चिकित्सक बोर्डको निर्णय, संसद सचिवालयका महासचिव र सचिवस्तरीय स्वीकृतिबाट भुक्तानी दिने गरिएकाे छ । समाचार अनलाइनखबरमा प्रकाशित छ ।