सेयर बजारमा दोहोरो अंकको चमक, सबै समूहका सेयर बजारमा हरियाली

४ कार्तिक २०७७, मंगलवार

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार हुने सबै समूहहरु बढेर हरियाली देखिएका हुन् । नेप्से परिसूचक १२ दशमलव ४७ अंकले बढेको र १ हजार ५ सय ८२ दशमलव ८४ मा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ ।

सोमबार एक अर्ब पनि नपुगेको सेयर कारोबार रकम मंगलबार १ अर्ब २४ करोड भन्दा धेरै भएको छ ।

दिनभर भएका १८ हजार ४ सय २६ कारोबारबाट १९३ कम्पनीका ४९ लाख १३ हजार ४ सय ९७ कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार कारोबार रकम १ अर्ब २४ करोड १२ लाख ४२ हजार ७ सय ७ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।