इटहरीका किराना पसलहरु बाट म्याद गुज्रेका सामान बरामद

४ कार्तिक २०७७, मंगलवार

इटहरी कार्तिक ४ ।

सुनसरीको इटहरी उपमहानगरपालिकाद्वारा बजारमा अनुगमन गर्दा इटहरीको लविपुर, पकली र कान्छीचौकमा  म्याद नाघेका समाग्री बरामद गरिएको छ ।

उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको अनुगमनमा ८ वटा किराना पसलमा अनुगमन गर्दा चार वटा पसलमा म्याद गुज्रिएका समान भेटिएको छ ।

उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भट्टराई अनुसार  कोदोको पीठो, वेसार, फुडकलर, मसला, तेल, सुजी, सस, वेसन,र चियापत्तीको म्याद गुज्रिएको पाइएको र मूल्यसूची नराखेका, पसलको वोर्ड नराखेका, वर्षेनी नविकरण नगरेका पसलहरुलाई सुधार्न निर्देशन दिइएको जानकारी दिनुभयो।

उपमेयर गौतम अनुसार उपभोक्ताको हित र स्वास्थ्यलाई मध्यनजर गरेर अनुगमनलाई तीब्रता दिएको छ ।