
विराटनगर । कार्तिक ०४
विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन श्रीमान-श्रीमतीको ज्यान गएको छ ।
ज्यान जानेमा रंगेली नगरपालिका ४ का ८५ वर्षीय श्रीमान् र उनकी ८१ वर्षीया श्रीमती रहेकी छिन् । उनीहरु दुवैको १२ घण्टाको फरकमा उपचारको क्रममा ज्यान गएको हो ।
श्रीमानको विराट नर्सिङहोममा सोमबार राति र श्रीमतीको मोरङ सहकारी सोमबार बिहान अस्पतालमा ज्यान गएको थियाे । उनीहरु दुवैको उपचारको क्रममा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
गत २८ गते श्रीमान् अस्पताल भर्ना भएलगत्तै श्रीतमी पनि अस्वस्थ भएपछि परिकारले माेरङ सहकारीमा भर्ना गरेका थिए ।