ओखलढुंगामा छतबाट लड्दा नाबालकको मृत्यु

५ कार्तिक २०७७, बुधबार

कात्तिक -५ गते ।

ओखलढुंगा मानेभञ्ज्याङ-७ हर्कपुर बस्ने प्रदिप कार्कीको दुई बर्षीय छोरा प्रमेश कार्कीको लडेर मृत्यु भएको छ । आज विहान साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा छतबाट एक्कासी लड्दा प्रमेश वेहोस भएका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगा अनुसार वेहोस भएका प्रमेशको स्थानीय अस्पतालमा उपचारको क्रममा साढे ८ बजे मृत्यु भएको छ ।