Premier Cables

विराटनगर

विराट व्यापार संघको अध्यक्षमा प्रमोद कुमार अग्रवाल निर्वाचित

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख १६, २०८३  | राती ९:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌ विराटनगरस्थित विराट व्यापार संघको अध्यक्षमा प्रमोद कुमार अग्रवाल (जिन्दल) निर्वाचित भएका छन्।

बुधवार विराटनगरमा सम्पन्न संघको २६औं साधारण सभा तथा १३औं अधिवेशनले उनलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो। यसअघि अग्रवालले संघमा वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए।

विज्ञापन

संघको वरिष्ठ उपाध्यक्षमा श्यामलाल पौडेल (भवेष) चयन भएका छन् भने उपाध्यक्षहरूमा प्रविण अग्रवाल (कागलीवाला), मनोहर कार्की, किरण ढुंगेल र सरस्वती दाहाल ओझा निर्वाचित भएका छन्।

त्यसैगरी महासचिवमा महेन्द्र खड्का, उपमहासचिवमा भोजराज निरौला, कोषाध्यक्षमा सुनिता गुरुङ र सह–कोषाध्यक्षमा अशोक पौडार (ख) चयन भएका छन्। सुनिता गुरुङ यसअघि पनि कोषाध्यक्षको जिम्मेवारीमा रहेकी थिइन्।

नयाँ कार्यसमिति सदस्यहरूमा शिवरतन शर्मा जोशी, विपिन खतिवडा, महेन्द्र खेतान, रमा श्रेष्ठ, अनिष तोदी, अभिषेक गौतम, कुमारी सोनिया आचार्य, सुस्मिता थापा रिजाल, प्रेम पारख, सन्तोष दाहाल, कमल अग्रवाल र मो. अमजल हुसैन निर्वाचित भएका छन्।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka