
विराटनगर । कार्तिक ०५
सुनको मूल्य आज प्रतितोला ८ सयले रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि कारोबार मूल्य ९५ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको मूल्य भने अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँ बढेको छ ।
साथै बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ४० रुपैयाँ भएको छ। मंगलबार तोलामा १० रुपैयाँ बढेर एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।