प्रतिबन्धित लागूऔषध सहित दुई जना पक्राउ

५ कार्तिक २०७७, बुधबार

काेशी । कार्तिक ०५

सुनसरी कोशी गाँउपालिका-१ स्थित एरियाबाट प्रतिबन्धित लागूऔषध सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोशी गाँउपालिका-५ का ३८ बर्षीय अशोक यादव र जिल्ला सुपौल त्रिवेणी ग्रामपञ्चायत १ का २२ बर्षीय सन्तोष कुमार यादव रहेकाे प्रहरीले जनाएकाे छ ।

विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले को १७ प २८१९ नम्बरको मोटरसाईकलमा आइरहेका अशोक र अर्का भारतीय नागरिक सन्तोषलाई आज बिहान ६ बजेतिर नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात् उनीहरू उपर चेकजाँच गर्दा ३५ बोतल डाईलेक्स डिसी र १०८० स्पास्मो प्रोक्सिभन ट्याब्लटे फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएकाे छ ।