देशभर ५७४३ जना काेराेना संक्रमित, मृतक ८०० नजीक, करीब एक लाखले जिते काेराेना

५ कार्तिक २०७७, बुधबार

विराटनगर । कार्तिक ०५

देशभर गत २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा ३१०७ काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना पथिएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र २९९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ४४ हजार ४७६ संक्रिय संक्रमित छन् ।