पूर्वी चितवनका समाजसेवीको अगुवाइमा दशैँका बेला बेसहारा अवस्थामा रहेका दिदीबहिनीले नयाँ घर पाएका छन् । कालिका नगरपालिका–५ का ती दिदीबहिनीका लागि आर्थिक सहयोग सङ्कलन गरी घर निर्माण गरिएको हो । वर्षात्को समयमा लाठीले बोरा अडाएर त्यहीँभित्र जीवन गुजारिरहेका उनीहरुलाई यहाँका सामाजिक अगुवाले सहयोग जुटाएर घर बनाइदिएका हुन् ।
निषेधाज्ञाको समयमा दुःख परेकालाई सहयोग गर्न सङ्गठित भएको अगुवाको समूहले सहयोग जुटाएर घर निर्माण गरेको हो । खैरहनी नगरपालिका वडा नं ८ का मुरलीप्रसाद गजुरेल, प्रेम रिमाल, कमल पाठक, अशोक न्यौपाने र लेखबहादुर पुनले एक महिना लगाएर घर निर्माण गरिदिएका थिए । गजुरेलले भने, “त्यहाँ ६२ वर्षकी मुसरी महतो र ४८ वर्षीया बहिनी फोहोरी महतोको अवस्था बिजोग देखेर हामीले सहयोग जुटाएर घर बनाएका हौँ ।” स्थानीय पत्रकार सन्तकुमार चौधरीले उनीहरुको अवस्थाका बारेमा समाचार लेखेपछि गजुरेलसहितको अगुवाले शुरुमा उनीहरुलाई छ महिना खानाको व्यवस्था गरेको बताए ।
गजुरेलका अनुसार लाठीले बोरा अडाएर मुसल्धारे वर्षात्मा बसेको देखेर अगुवाहरुले शुरुमा त्रिपाल, म्याट र टर्च लाइट सहयोग गरेको थियो । उनीहरुकै दुई बहिनीको थोरै जग्गाको छेउमा गजुरेलको समूहले घर बनाइदिएको हो । घर बनाउन रु तीन लाख खर्च भएको उनको भनाइ छ । घर निर्माणका लागि स्वदेश र विदेशबाट दाताले रु तीन लाख ४६ हजार पठाएका छन् । १४ फिट चौडाइ र २० फिट लम्बाइको टिनले छाएको चिटिक्कको घरमा दिदीबहिनी बस्न शुरु गरेका छन् । दाताको नाम लेखेर औपचारिकरूपमा हस्तान्तरण गरिने उहाँले जानकारी दिए ।
ती दिदीबहिनीका लागि दाताकै सहयोगमा लत्ताकपडा र भाँडावर्तनको व्यवस्था पनि गरिएको छ । पत्रकार चौधरीले आफ्नो क्षेत्रमा समाजिक अगुवाहरुले नमूना काम गरेको बताउनुभयो । मानवीय सेवामा यो उदाहरणीय काम भएको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सहसचिवसमेत रहनुभएका चौधरीले बताए । ती दिदीबहिनीमध्ये जेठीको माडीमा र बहिनीको भण्डारामा विवाह भएको भए पनि श्रीमान्ले छाडेपछि स्थानीयवासीको गाईभँैसी चराउने काम गर्दै आएका थिए ।रासस
विराटनगर, १८ फागुन । झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचथर आङना-४...
काठमाडौंको कुलेश्वरबाट प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न तीनजनालाई १८ लाख ७८ हजार रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-१३ घर भई...
विराटनगर, १६ फागुन । शरीर बन्धक (अपहरण)बनाइ १० लाख फिरौती माग्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर...