एकैदिन प्रदेश १ मा ५१३ संक्रमित थप, विराटनगरमा मात्रै १६२ जना

५ कार्तिक २०७७, बुधबार

विराटनगर। कार्तिक ०५

मोरङको विराटनगरमा १६२ जना सहित प्रदेशभर ५११ जना कोरोना संक्रमित देखा परेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार गरिएको १८८७ कोरोना परीक्षणमा सो संख्यामा संक्रमण देखिएको हो ।

जसमध्ये सबैभन्दा धेरै मोरङको विराटनगरमा ६८ महिला तथा ९४ जना पुरुष रहेका छन्। ग्रामथानमा ९/९ महिला पुरुष रहेका छन् भने धनपालथानमा २ महिला, कटहरीका २ महिला १ पुरुष, बेलबारीका २/२ महिला पुरुष, जहदाका १ पुरुष, रंगेलीका १ महिला ४ पुरुष, लेटाङका १ महिला २ पुरुष, सुन्दरहरैंचाका ५/५ महिला पुरुष, रतुवामाईकी १ महिला, पथरीका ३ महिला, उर्लाबारीका ९ महिला ५ पुरुष, कानेपोखरीका १ महिला २ पुरुष र सुनवर्षीका १ पुरुष रहेको मन्त्रालयले सार्वजनिक गरेको छ।

उता सुनसरीको धरानमा ४३ महिला ४८ पुरुष, इटहरीका ३७/३७ महिला पुरुष, बराहक्षेत्रका १/१ महिला पुरुष, दुहवीका २ महिला १ पुरुष, रामधुनीका १ महिला ५ पुरुष, गढीका २ महिला, इनरुवाका २ पुरुष, देवानगञ्ज र बर्जुका १/१ पुरुष तथा नखुलेका १ पुरुष छन्।

त्यस्तै झापाको दमकका २८, मेचीनगरका ५, बिर्तामोडका १६, कनकाईका २, भद्रपुरका ३, कमलका २, गौरादहका २, बुद्धशान्तिका २, कचनकवलका ४, बाह्रदशी, हल्दिबारी र झापाका १/१ तथा नखुलेका ४ जना छन्।

इलामको रोङ, सूर्योदय तथा नखुलेका १/१ जना छन् भने उदयपुरको उदयपुरगढीका १, बेलकाका २, चौदण्डीगढीका २, त्रियुगाका १ र नखुलेका १ जना छन्।

धनकुटाको धनकुटाका ९ जना तथा साँघुरीगढीका २ जना छन् भने पाँचथरको फालेलुङका २ तथा अन्य प्रदेशका ६ जना रहेका छन्।

प्रदेशभरका विभिन्न आइसोलेसनबाट २८ जना निको भएका छन् भने ९ हजार १२ जना विभिन्‍न आइसोलेसनमा उपचारका क्रममा छन्।

गत २४ घण्टामा ७ जनाले ज्यान गुमाइसकेका छन् भने हालसम्म मृतकको संख्या १५१ पुगेको छ।

कूल संक्रमितमको संख्या १५ हजार ३७१ पुगेको छ भने ६ हजार २०८ जना निको भएर घर फर्किइसकेका छन्।

जिल्लागत रूपमा सबैभन्दा धेरै संक्रमण मोरङमा ८७०९ तथा थोरैमा ताप्लेजुङमा १६ जना रहेका छन्।

१५८१ जना संस्थागत आइसोलेसनमा ८७ जना आइसियूमा र ३० जना भेन्टिलेटरमा उपचारका क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ।