इटहरीको विराट पाथिभरा अस्पताल पोलिक्लिनिकमा अनुगमन टोलीले गरे तालाबन्दी

५ कार्तिक २०७७, बुधबार

धरान, ५ कात्तिक

इटहरी उपमहानगरपालिकाको अनुगमन टोलीले इटहरीको एक पोलिक्लिनिकमा तालाबन्दी गरेको छ । यहाँको ‘विराट पाथिभरा अस्पताल’ को वोर्ड राखेर सञ्चालन गरेको पोलिक्लिनिकमा अनुगमन टोलीलिे तालाबन्दी गरेको हो ।

उपभोक्ता हित संरक्षण समिति संयोजक समेत रहेकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको अनुगमनको क्रममा कोशी पाथीभरा पोलिक्लिनिकमा तालाबन्दी गरिएको हो ।

दर्ता नगरी गैह्र कानूनी तरिकाले अस्पतालको रुपमा सञ्चालन गरेको पाइएकाले तालाबन्दी गरिएको उपमेयर गौतमले जानकारी दिनु भयो ।

उक्त पोलिक्लिनिकबाट म्याद गुज्रिएका औषधिहरु पनि वरामद गरिएको उहाँले बताउनुभयो । टोलीले इटहरी मेडिकल हल, शैलुङ मेडिकल हल, पञ्चकोशी हेल्थ सर्भिस सेण्टर प्रालि, कलस फार्मेसीलगायतमाअनुगमन गरेको थियो ।

केही फार्मेसी तथा मेडिकलमा औषधि व्यवस्था विभागमा दर्ता नगरिएका खाद्यपुरक समाग्री बेच्न राखिएको पाइएको उपमेयर गौतमले जानकारी दिनुभयो । उनीहरुलाई स्पष्टिकरण सोधिएको छ । उपमहानगरको सक्रीयतामा एक सातादेखि बजार अनुगमन तीव्र पारिएको छ । —