विराटनगर महानगरपालिकाको स्वाब संकलन कार्य स्थगन गरिएको बारे सूचना

५ कार्तिक २०७७, बुधबार

विराटनगर । कार्तिक ०५

विराटनगर । विराटनगर महानगरपालिकाले महानवमीदेखि एकादशीसम्म पिसिआर परिक्षणका लागि थप स्वाब संकलन नगर्ने निर्णय गरेको छ ।बुधबार बेलुका एक सूचना प्रकाशित गर्दै महानगरले उक्त निर्णय सार्वजनिक गरेको हो । महानगरले दशैंका बिदाका कारण महानवमीदेखि एकादशीसम्म थप परीक्षण नगरिने जानकारी दिँदै थप स्वाब सङ्कलन नगर्ने बताएको छ ।

महानगरले आजसम्म संकलित स्वाबको परिक्षण महानवमीसम्म गरिसक्नुपर्ने भएकाले बिहीबारदेखि कार्त्तिक १२ गतेसम्म थप स्वाब सङ्कलन नहुने स्पष्ट पारेको छ ।

विराटनगर महानगरपालिकाले जैन भवन र मोबाईल भ्यान भेनद्वारा शंकास्पद व्यक्तिको स्वाब सङ्कलन गर्ने गरेको छ । महानगरले सङ्कलन गरेको स्वाबको परिक्षण भने कोशी अस्पतालको प्रयोगशालामा हुने गरेको छ ।