पेस्ताेल लिएर नेपाल प्रवेश गरेका भारतीयलाई नियन्त्रणमा लिन प्रहरीले गाेली नै चलाउन पर्याे

५ कार्तिक २०७७, बुधबार
तस्वीर- सेताेपाटी

बारा । कार्तिक ०५

प्रदेश नंं. २ काे बारा जिल्लामा प्रहरीले एक जना भारतीयलाई गोली हानेर नियन्त्रणमा लिएको छ। भारतको मोतिहारी पुर्वी चम्पारण दुधिअवाका २८ वर्षीय बृजकिशोर कुशवाहालाई गाेली नै हानेर पक्राउ गर्नु परेकाे डिएसपी गौतम मिश्रले जानकारी दिए ।

अाज दिउँसो साढे ३ बजेतिर बाराकाे सिम्रौनगढ नगरपालिका ९ सानो बंकुलमा भारतबाट नेपाल आउँदै गरेका कुशवाहा प्रहरीलाई देखेपछि भागेकाे बताइएकाे छ ।

प्रहरीलाई शंका लागेर रोक्न खोजेपछि कुशवाहाले आफ्नो पेस्तोल निकालेर प्रहरीमाथि गोली प्रहार गरेका मिश्रले बताए ।

कुशहवालाई प्रहरीले लखेट्ने क्रममा प्रहरीलाई नै गोली हानेर भाग्दै गर्दा पक्राउ गर्न गाेली चलाउन गरेकाे थियाे ।

उनको बायाँ पाखुरामा गोली लागेको एसपी एसपी कृष्ण पंगेनीले बताए। उनकाे उपचारको लागि कंकाली पोलिक्लिनिकल सिम्रौनगढमा लगिएको र अवस्था सामान्य रहेकाे छ । कुशहवाकाे साथमा रहेकाे पेस्तोल र गोली बरामद गरिएकाे छ।

के कारणले हतियार सहित नेपाल प्रवेश गरेका थिए भन्ने बारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।