छतबाट लडेर दुई बर्षीय बालकको घटनास्थलमै मृत्यु

५ कार्तिक २०७७, बुधबार
सांकेतिक तस्वीर

ओखलढुंगा । कार्तिक ०५

ओखलढुंगाको मानेभञ्ज्याङ ७ हर्कपुर बस्ने प्रदिप कार्कीको दुई बर्षीय छोरा प्रमेश कार्कीको लडेर मृत्यु भएको छ ।

आज विहान साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा छतबाट एक्कासी लड्दा प्रमेश वेहोस भएका थिए ।

वेहोस भएका प्रमेशको स्थानीय अस्पतालमा उपचारको क्रममा साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।