‘न्यानो साथ’ टोलीद्वारा विपन्न परिवारका बालबालिकालाई पाठ्यपुस्तक तथा कपडा वितरण

५ कार्तिक २०७७, बुधबार

– अमूल आचार्य 

विराटनगर। कार्तिक ०५

‘न्यानो साथ’ नाम गरेको युवाहरूको टोलीले विराटनगर बजारको गुद्री एरीयामा पाठ्य पुस्तक वितरण गरेको छ।

कार्तिक तीन गतेदेखि छ गतेसम्म असहाय र निम्नवर्गका बालबालिकालाई कपडा तथा लुगाफाटो बाढेका हुन्।

विद्यार्थीहरूका लागि किताब र कापी तथा पठनपाठनका सामग्री दिइएको न्यानो साथले जनाएको छ।

विगत २ बर्षदेखि निरन्तर यस्तो कार्य गर्दै आएको उक्त टोलीलाई विराटनगरका “Taxxi”,”Ingshara Collection”,Sonasu collection” आर्थिक सहयोग गरेको बताइएको छ। यस टोलीका एडमीन इन्सिया तुलाधरका अनुसार कतिपय स्थानीय व्यापारीहरूले समेत प्रायोजन गरेका थिए।

तस्वीर – अमूल आचार्य

आफूहरू पनि विद्यार्थी नै रहेकाले विद्यार्थीका लागि आवश्यक सामाग्रीहरू बारे सचेत रहेकाले विपन्न परिवारका बालबालिकालाई विशेष मद्दत गर्ने उद्देश्यले यस्तो कार्य गरेको तुलाधरको भनाइ छ।