विराटनगर वरगाछीमा बि-स्योरको अत्याधुनिक ल्याब खुल्यो, पिसीआर जाँचका लागि सहज हुने

६ कार्तिक २०७७, बिहीबार

विराटनगर। कार्तिक ०६

मोरङको विराटनगरमा अत्याधुनिक सुविधा सहितको पिसीआर परीक्षण ल्याब खुलेको छ।विहिबार एक औपचारीक कार्यक्रमका बिच प्रदेश १ का आन्तरीक मामीला तथा कानुन मन्त्री हिक्मत कार्कीले ऋवन काटेर सो कार्यक्रमको उद्घाटन गरेका छन ।मन्त्री कार्कीले नीजि क्षेत्रले यो खालको स्वास्थ्य सेवामा लगानी गरेर उदाहरणीय काम गरेको बताए।

कोरोना महामारीका कारण अस्तव्यस्त बनिरहेको विराटनगर लगायत प्रदेश १ का नागरिकको स्वास्थ्यको ख्याल गर्दै सस्तो र सुलभ दरमा पिसीआर परीक्षण गरिने र प्रदेश १ मा पीसीआर परीक्षण थप सहज हुन र सर्वसाधारणलाई छिटोछरितो सेवा दिनका लागि ल्याबले कुनै कसर बाँकी नराख्ने रिजाल ग्रृपका अध्यक्ष नविन रिजालले  बताए।राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, टेकुबाट ल्याबले पीसीआर परीक्षण अनुमति पाएको ल्याबकी प्रमुख कन्सल्टेण्ट प्याथोलोजिष्ट डा. मुकुन्दा शर्माले जानकारी दिइन् ।

विराटनगरका उद्योगि तथा जाजु ग्रुपमा प्रबन्ध निर्देशक महेश जाजु , देवेनरा ग्रृपका संञ्चालक प्रकाश मुन्दडा , रिजाल ग्रृपका अध्यक्ष नविन रिजाल , ब्यवसायी अनिल साहले करिब ५ करोडको लगानीमा सो पिसिआर ल्याव विराटनगर ४ मा ंञ्चालनमा ल्याईएको छ ।

रिजालका अनुसार छ घण्टामै परीक्षण रिपोर्ट तयार गर्ने र  बीस्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टर नामरहेको ल्याबले पीसीआर परीक्षण गर्ने अनुमति पाईसकेको बताए। सबै मापदण्ड पूरा गरेको ल्याबलाई एक वर्षसम्मको लागि पीसीआर परीक्षण अनुमति दिइएको हो । ल्याबले आज र भोली ७ गते सम्म मा एक पटक १५ सय तिरेर नाम दर्ता गराएपछि एक बर्षसम्ममा परीक्षण गर्ने बताएको हो।