गाेकुल बाँस्काेटालाई कोरोना भाइरस संक्रमण

६ कार्तिक २०७७, बिहीबार

काठमाडौं । कार्तिक ०६

पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकुल बास्कोटालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

आफू र श्रीमती तारा मानन्धरलाई संक्रमण देखिएको बास्कोटाले बताएका हुन् । ‘मलाई त लक्षण बिनै देखियो, तर श्रीमतीलाई लक्षणसहित’ उनले ट्वीट गरेका छन् ।

दुई छोराको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए ।