२४ घण्टामा देशैभर ३६३७ जना संक्रमित थप भए

६ कार्तिक २०७७, बिहीबार

विराटनगर । कार्तिक ०६

गत २४ घण्टामा देशभर ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये १५५२ काठमाडौं उपत्यकका छन्, जसमा काठमाडौंका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२ जना छन् ।

याेसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । तीमध्ये ८१२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८२० जना संक्रमणमुक्त छन् ।

बितेकाे २४ घण्टामा मात्र ३२१५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।