कोरोना अपडेट : विराटनगरमा २१४ सहित प्रदेशभर ६३७ थप

६ कार्तिक २०७७, बिहीबार

विराटनगर। कार्तिक ०६

मोरङको विराटनगरमा २१४ जना सहित प्रदेशभर ६३७ जना संक्रमित थप भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार गत २४ घण्टामा १०५३ पिसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो ।

विराटनगरमा ७४ महिला १४० पुरुष छन् भने रंगेलीमा २ महिला ५ पुरुष थपिएका छन्। त्यस्तै रतुवामाईमा ४ जना, पथरीमा ५ जना, धनपालथानमा १ जना, बूढीगंगामा ७ जना, लेटाङमा ५ जना, जहदामा ३ जना, कानेपोखरीमा ९ जना, कटहरीमा ३ जना, बेलबारीमा ९ जना, सुन्दरहरैंचामा २२ जना, उर्लाबारीमा ९ जना र ग्रामथानमा १ जना रहेका छन्।

सुनसरीको दुहवीमा ३ जना, इटहरीमा ३९ जना, इनरुवामा १६ तथा धरानका १०३ जना पनि थप भएका छन्। बराहक्षेत्रका ७, रामधुनीका ५, बर्जुमा ३, नखुलेका २ एवं भोक्राहा र कोशीका १/१ जना छन् ।

उता जिल्लागत रूपमा धनकुटामा १, खोटाङमा १, ताप्लेजुङमा ६, संखुवासभाका ३, इलामका ८ र झापाका १०० जना थप भएका छन्।

प्रदेशभरबाट ४१८ जना संक्रमण मुक्त भई फर्किएका छन् भने २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन्।  कूल संक्रमित १६ हजार ८ जना पुगे भने १५४ ले ज्यान गुमाइसकेका छन्। हाल ९ हजार २२९ जना उपचारका क्रममा छन्।