किशोरी र युवतीलाई जबर्जस्ती करणी गरी फरार तीन अभियुक्त मोरङबाट पक्राउ

६ कार्तिक २०७७, बिहीबार

विराटनगर। कार्तिक ०६

मोरङ प्रहरीले एक किशोरी र अर्की युवतीलाई जबर्जस्ती करणी गरी फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ। गत साउन १५ गते जबर्जस्ती करणी गरी अभियुक्तहरू फरार रहेका थिए।

मोरङको सुनवर्षी – ३ की १९ बर्षकी युवती र १३ बर्षकी किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा धनपालथान गाउँपालिका ०७ का २१ बर्षे रोशन कुमार मण्डल, २० बर्षे जय कृष्ण मण्डल तथा २३ बर्षे मन्जित मण्डललाई बिहीबार सार्वजनिक गरेको हो।

गाउँघरतिरै लुकीछिपी बसिरहेको सूचनाको आधारमा गडेरियाबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए।

दोषी उपर जबर्जस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।