तस्करीका लागि प्रयाेग हुने नेपाल-भारत सीमानामा रहेकाे जुटमिल्सकाे झ्याल टालियाे

६ कार्तिक २०७७, बिहीबार
तस्वीर- हाम्राे मत

विराटनगर । कार्तिक ०६

विरनटनगर महानगरपालिकाकाे दक्षिणी भागमा रहेकाे भारतीय सीमाना र सीमामै जाेडिएकाे जुट मिल्सको दक्षिण गेट हुँदै तस्करहरूले अनेकाैँ पटक तस्करीका सामान ल्याउँले लैजाने गर्ने प्रहरीमा खबर पुगेपछि बिहीबार विशेष अप्रेशन गरेकाे छ । चाेर बाटोकाे रूपमा जुट मिलको क्वाटर भवनका झ्यालहरू प्रयाेग हुन थालेपछि प्रहररीले टालिदिएकाे हाे ।

नेपाल–भारत सीमाना अन्तर्गत विराटनगर–१६ मा रहेकाे नेपालकै पहिलाे उद्याेग जुट मिलका मजदुर तथा कर्मचारीको जीर्ण आवास (क्वाटर) भवनका झ्यालबाट तस्करहरूले सामान अाेसार-पसार गरेकाे सुचनाका अाधारमा प्रहरीले साे बन्द गराएकाे हाे ।

उक्त पुरानाे भवनबाट सामान तस्करी हुने गरेकाे समाचार प्रकाशित भएपनि प्रहरीकाे नजरमा पर्न सकेकाे थिएन । तापनि अहिले सीमा कडाइ गरिरहेकाे प्रहरीले साे क्षेत्रका सम्भावित बाटाे तथा झ्याल बन्द गरेकाे छ। साे तस्करी राेक्न प्रहरीले तार जाली तथा काठकाे प्रयाेग गरेकाे छ भने दैनिक निगरानी बढाउने जनाएकाे छ ।

जुन बाटाे भएर सयाैँ तस्करले तस्करी गरेकाे प्रत्यक्षदर्शीहरू बताउँछन् । जहाँ ३५ वटा भत्कन लागेका भवनहरू रहेका छन् । जूटमिलकाे क्वाटरकाे रूपमा रहेकाे उक्त क्षेत्र केही अघिदेखि तस्करहरूकाे मूख्य राजमार्गकाे रूपमा बन्दै गएकाे थियाे ।

प्रहरीले पाएकाे सूचनाकाे अाधारमा प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापासहितको टोली जुटमिल पुगेर झ्यालहरुमा जाली लगाएर बन्द गरिदिएको हो । थापाका अनुसार केही सक्रिय तस्करहरू पनि पत्ता लाग्ने क्रममा छन् । चाँडै तिनीहरू पनि नियन्त्रणमा लिने गरी निगरानी बढाइएकाे छ ।