नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु

७ कार्तिक २०७७, शुक्रबार
प्रतिनिधिमूलक तस्वीर

 विराटनगर, ७ कात्तिक, । नोबेल मेडिकल कलेज विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरका प्रवन्धक नारायण दाहाल अनुसार शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको र पुरुषमा फोक्सो, मिर्गौला सम्बन्धी समस्या थियो ।

धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बिहान करिब ४ बजे  मृत्यु भएको र मृतकमा श्वासप्रश्वास र मधुमेह सम्बन्धी रोग थियो ।