Logo

ट्रान्समिटरबाट बिजुलीकाे तार जाेड्ने क्रममा करेन्ट लागी नेपाली सेनाका जवानकाे ज्यान गयाे

Logo 2020-10-23 03-10    अभिमन्यु अभिजित

सांकेतिक तस्वीर

तेह्रथुम । कार्तिक ०७

सिराहा शेर गणमा कार्यरत नेपाली सेनाका जवानकाे करेन्ट लागेर घटनास्थलमै ज्यान गएकाे छ । ज्यान गुमाउनेमा तेह्रथुमको आठराई ५ होडाका २६ बर्षीय राजन बराईली छन् ।

बराइली आफ्नै घर अगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफुखुसी कालो तार जोड्दै थिए तर अचानक करेन्ट लागेर भुइँमा खसेका थिए ।

बेहोस भएर ढलेका बराईलीलाई उपचारार्थ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटनाबार थप अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे

 


लोकप्रिय छुटाउनुभयो कि ?