नेपालमा थपिए ४४९९ जना कोरोना संक्रमित 

७ कार्तिक २०७७, शुक्रबार

विराटनगर। कार्तिक ०७

गत २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

अहिले कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ भने उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् ।