विराटनगरमा १३५ जना सहित प्रदेशभर ४६० जना संक्रमित थप, मृत्यु शून्य

७ कार्तिक २०७७, शुक्रबार

विराटनगर । कार्तिक ०७

मोरङको विराटनगरमा १३५ जना सहित प्रदेशभर शुक्रबार ४६० जना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार ५८५ जनाको पिसीआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण देखिएको हो ।

जिल्लागत रिपोर्टमा मोरङमा २६२, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, तेह्रथुममा ३, धनकुटा र खोटाङमा २/२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा संक्रमण पुष्टि भएकामा ५४ महिला र ८१ पुरुष छन् । मोरङकै पथरीशनिश्चरेमा ३८, कटहरीमा २३, सुनबर्षीमा २०, बेलबारीमा १३, बुढीगंगामा ७, रंगेलीमा ६, मिक्लाजुङमा ४, जहदामा ३, ग्रामथान, कानेपोखरी, धनपालथान, केराबारी र सुन्दरहरैचामा १/१ र स्थानीय तह नखुलेका ८ जना थपिएका छन्।

उता सुनसरीको इनरुवामा ५८, धरानमा ५६, इटहरीमा ८, गढीमा २, बर्जु, हरिनगर र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोड र भद्रपुरमा १०–१०, मेचीनगरमा ८, दमकमा ७, कनकाई, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, हल्दिबारी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, उदयपुरको कटारीमा १० र स्थानीय तह नखुलेका १, संखुवासभाको मादीमा ४, तेह्रथुमको छथरमा ३, धनकुटामा २, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र साकेलामा १/१ र प्रदेश १ बाहिरका ४ जना संक्रमित थप भएका छन्।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ४६८ पुगेको छ ।प्रदेशमा आज ४८८ जना डिस्चार्ज भएका छन् । जसमा होमआईसोलेसनबाट ४७९, जिल्ला अस्पताल धनकुटाबाट ८ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका मन्त्रालयले सार्वजनिक गरेको छ ।

हालसम्म ७ हजार ११३ जना डिस्चार्ज भएका छन् भने हालसम्म १ लाख ५२ हजार ५९६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज कसैले ज्यान गुमाएका छैनन्। हिजोसम्म १५४ जनाको मृत्यु भइसकेको छ।