वीपी क्याम्पबाट बाइक चोर्दै गर्दा रङ्गेहात पक्राउ

७ कार्तिक २०७७, शुक्रबार

धरान। कार्तिक ०७

सुनसरीको धरानमा रहेको वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान परिसरबाट मोटरसाइकल चोर्दै गरेका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलका नगरपालिका उदयपुरका हरिप्रसाद निरौला रहेका छन्।

निरौला र अर्का चतरा घर भएका १६ बर्षका सुदीप दाहालले शुक्रबार बिहान करीब पाँच बजे प्रतिष्ठानको गाइनो वार्डबाट मोटरसाइकल चोरी गरी डोहोर्याउदै हिँडिरहेको अवस्थामा त्यहाँका सुरक्षा गार्डले समातेका थिए।

इन्धन सकिएको र डोहोर्याउनु परेको भनेपछि गार्डलाई शंका लागि चाबी खोजी गरेका थिए तर चाबी पनि हरायो भनेपछि सुरक्षा गार्डको अफिसमा लैजाने क्रममा अर्का सुदीप दाहाल भने भागेको बताइएको छ।

धरान १७ का सञ्जय खानालको काे २५ प ३५५६ नम्बरकाे माेटर साइकल चाेरी गरेर लादै गर्दा प्रतिष्ठानकाे सुरक्षाकाे खटिएका भिआइपी सेक्युरेटीका सेक्युरेटी सुपरभाइजर बसन्त राईकाे नेतृत्व टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानलाई जिम्मा लगाएको छ ।

अभियुक्त निरौलाको साथबाट प्रहरीले हसिम अटोमोबाइल्स पार्ट्स एण्ड रिपेयरिङ जोगवनी भारतको भिजिटिङ कार्ड तथा मोबाइल बरामद गरेको छ।

प्रतिष्ठानको हाताबाट दैनिक जसो मोटरसाइकल हराउने गरेको छ। धरानबाट मोटरसाइकल चोरी गरी भारतमा लगेर बेच्ने गरेको हुनसक्ने प्रहरीको अनुमान छ। फरार सुदीप दाहालको खोजी भइरहेको छ भने पक्राउ परेका निरौला माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।