दुई स्थानमा बिओपी स्थापना

८ कार्तिक २०७७, शनिबार

बर्दिया, ८ कात्तिक

जिल्लाको दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बिओपी० स्थापना गरिएको छ । राजापुर नगरपालिका–७ को शङ्करपुर तथा वडा नम्बर १० को झप्टीमा बिओपी स्थापना गरिएको हो ।

शङ्करपुरस्थित बिओपी भवनको राजापुर नगरपालिकाका नगर प्रमुख शिवप्रसाद चौधरीले तथा झप्टीस्थित भवनको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरबहादुर रावत, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी बल राजापुरका प्रहरी निरीक्षक खेमराज बोगटीलगायतको उपस्थिति रहेको थियो ।