विदेशी च्यानल विज्ञापनमुक्त गर्न  , क्लिन फिड लागु

८ कार्तिक २०७७, शनिबार

८ कात्तिक

विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयल जारी गरेको  ऐनद्वारा क्लिन फिड लागू भएको हो ।

सो ऐन बमोजिम विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुने  र विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ अनुसार विदेशी टेलिभिजन च्यानल निर्धारित मिति कात्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग अस्वीकार गरेको थियो र विज्ञापन बजाएमा विदेशी च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ

नेपाल केबल टेलिभिजन महासंघका अनुसार अहिले ३२ वटा मात्रै विदेशी च्यानल प्रशारण हुँदैछन् र करिब १८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द भएको छ ।

कुन–कुन च्यानल बन्द भए ?

स्टार अन्तर्गतका च्यानल भने बन्द भएका छन् । स्टार अन्तर्गत स्टार स्पोर्टस्, स्टार प्लस, स्टार गोल्ड, स्टार मुभिज, नेश्नल जोग्राफिक, स्टार १, स्टार २ लगायतका २० भन्दा बढी स्टारका च्यानल केही समयका लागि बन्द भएको छन् ।

साथै कलर्स, कलर्स एचडी, बीबीसी, सीएनएन लगायतका च्यानलको पनि प्रसारण रोकिएको छन्। ५० देखि ६० च्यानल जुन ‘फ्रि टु एयर’ मा सित्तैमा उपलब्ध हुने गरेका थिए, अब बन्द भएका छन् ।

भारतीय न्युज च्यानलमध्ये अब ‘जी न्युज’ मात्रै बजिरहेको छ । नेपालमा क्लिन फिड गर्ने भएपछि अब विज्ञापन बज्ने समयमा स्क्रिन खाली देखिनेछ