पाँच महिने संक्रमित बालिकाको वीपीमा मृत्यु

८ कार्तिक २०७७, शनिबार
सांकेतिक तस्वीर

८ कात्तिक, विराटनगर । कोरोना संक्रमणका कारण पाँच महिने बालिकाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

शुक्रबार राति उपचारका क्रममा सुन्दरहरैचा नगरपालिका, मोरङकी पाँच महिने बालिकाको मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना गरिएकाे र  शुक्रबार नै कोरोना पोजेटिभ देखिएको थियो । मृतक बालिकामा मस्तिष्क सम्बन्धी समस्या थियो ।