
विराटनगर, ८ कात्तिक ।
शनिबार विहान नोबेल मेडिकल कलेज विराटनगरमा संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ ।
इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीय महिला र गढी गाउँपालिका– ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कात्तिक ४ मा श्वासप्रश्वासमा समस्या देखिएपछि लामकी महिलालाई कलेजमा भर्ना गरिएको थियो । नलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । शनिबार बिहान करिब ७ बजे महिलाको मृत्यु भएको हो ।
कात्तिक ४ मा युवकको नोबेलमा भर्ना भएका थिए । शनिबार बिहान करिब ४ बजे ३८ वर्षीय युवकको मृत्यु भएको हो ।मादक पदार्थ सेवन अत्याधिक गर्ने पुरुषमा निमोनियाको समस्या पनि थियो ।