भारतले एकपक्षीय रूपमा सीमा खुलायो, नेपाल प्रवेश गर्नेहरूको सीमानामा लर्को

८ कार्तिक २०७७, शनिबार
तस्विर : अमुल अचार्य

बिराटनगर कार्तिक ८

भारतले एकपक्षीय रुपमा शनिबार जोगबनी नाका खोलेको छ। शनिबार मोरङको विराटनगरमा रहेको जोगवनी लगायत क्षेत्रमा एकतर्फी खुलाएपछि नेपाल प्रवेश गर्न मानिसहरूको लाम लागेको छ।

नेपाली सुरक्षाकर्मीले प्रवेशमा कडाइ गरेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको हो । नेपाल-भारतको सीमामा रहेको बिराटनगर कस्टमले शनिबार नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेहरू लाम लागेर नाकामा उपस्थित भएको बताइएको छ।

तस्विर : अमुल अचार्य

यद्यपि नेपाल सरकारले भने अन्तर्राष्ट्रिय सीमा खुलाएको छैन। कोरोना सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि बिनाअनुमति सर्वसाधारलाई नेपाल भित्रन रोक लगाइएको छ। तापनि भारतीय पक्षले नाका खोलेपछि भारतबाट नेपाल भित्रन ठूलो सङ्ख्यामा सर्वसाधारण सीमाक्षेत्रमा जम्मा भएका छन् ।

भारतले सीमा खुलाएपछि नेपालले प्रवेश गर्न दिने वा नदिने भन्ने बारे भारतीय पक्षसित वार्ता गरिरहेको बताइएको छ। पूर्वाञ्चलको प्रमुख नाकाको रूपमा रहेको जोगबनी नाका भारतले खुला गरेपछि नेपालले पनि खुला गर्नसक्ने कतिपय अनुमानहरू भइरहेका छन्। सीमावर्ती क्षेत्रका सर्वसाधारणहरूका अनुसार भारतले सबै कुला खुलाइसकेको र नेपालले पनि अन्य गतिविधि सञ्चालन गरिसकेको हुँदा सीमा खुल्नसक्नेछ।

जोग्बनी