सुन्धाराको मदनी मस्जिदमा तोडफोड, मुस्लिम संघद्वारा विरोध

८ कार्तिक २०७७, शनिबार
हामिड आजद को फेस्बुक वाल

कार्तिक ८

शनिबार बिहान नचिनेका समूहले सुन्धारा, काठमाडौं महानगरपालिका वडा नं. २२ मदनी मस्जिदमा डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन्। सो घटनाले मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन्।

भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले जनाएको छ । भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई पटक-पटक धम्क्याउँदै आएको अध्यक्ष अन्सारीले बताए।

[caption id="attachment_7990" align="alignnone" width="960"] हामिड आजद को फेस्बुक वाल[/caption]

यस्तै, वडा सदस्य गीता परियारले वडा अध्यक्षको संलग्नतामा केही भूमाफियाले सधैं मस्जिद खाली गर्न धम्क्याउने गरेको बताइन्।

मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले "आजको घटना मस्जिद माथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिम माथिको आक्रमण भएको" बताए। यता आजको घटनालाई नेपाल मुस्लिम संघले कडा विरोध गरेको छ।