पछिल्लो २४ घण्टामा देशभर २८५६ जनामा कोरोना भाइरस

९ कार्तिक २०७७, आईतवार

९ कात्तिक, बिराटनगर । पछिल्लो २४ घण्टामा देशभर थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन् ।

१२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा  निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।