
विराटनगर, कार्तिक ९ । प्रदेश १ मा आइतबार ५५७ जना कोरोना संक्रमित थपिएका छन् ।
- मोरङमा २५० ,
- सुनसरीमा ११८ ,
- झापामा १२४,
- उदयपुरमा १३,
- धनकुटामा ६,
- इलाममा ८,
- सन्खवासभामा ९,
- भोजपुरमा १ र अन्य प्रदेश का २८ जना संक्रमित थपिएका हुन ।
विराटनगरमा २२५ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ५९ महिला र ९२ पुरुष रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनएको छ ।
त्यस्तै मोरङको बेलबारीमा १३, सुन्दरहरैचामा २३, रतुवामाईमा ७ , कानेपोखरीमा ५ , लेटाङमा ९, ग्रामथानमा ६ ,उर्लाबारिमा ९, पथ्ररिमा १६ , कटहरी, मिक्लाजुङ , बुढीगंगा, सुन्वर्षी ,रङ्गेलीमा २-२ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
झापाको दमकमा ६८, विर्तामोडमा २३ , गौरादहमा ११ , कमलामा ५ , मेचीनगरमा ७ , कनकाई, शिवस्तासी, गोरिगन्ज , हल्दिवारी मा २-२ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको इटहरीमा १०, धरानमा ४३, इनरुवामा ३, बराहक्षेत्र, रामधुनी, दुहवी बर्जु मा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै इलाममा ८,सन्खवासभामा ९, भोजपुरमा १ र अन्य प्रदेश का २८ जना संक्रमित थपिएका हुन ।
कुल १५५५ पि सि आर जाचमा ५५७ संक्रमित थपिए