Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

2020-10-25 06-10 | RSS                  


A+ A A-

भक्तपुर, ९ कात्तिक

भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भई हाल भक्तपुर ईटापाको मेटल कारखानामा बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई हाल सोही कारखाना बस्ने २३ वर्षीय सलमान खान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो ।

शनिबार राति करिब ९ बजे तीन जनासँगै बसेर मदिरा सेवन गरेको र सोही क्रममा सलमानकी प्रेमिकालाई शहीदले अपशब्द प्रयोग गरेपछि कोठामा फर्कने क्रममा खान र अन्सारीले ढुङ्गा तथा इँटाले मुख र टाउकोमा हानेर हत्या गरी नर्कटघारीमा शव खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आज बिहान पैदलयात्रीले शव देखेर प्रहरीलाई खबर गरेपछि अनुसन्धानका क्रममा प्रहरीले ती दुईलाई पक्राउ गरेको र घटनाबारे ती दुई स्वीकार गरेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय