आइएस, तालिबानका नेताहरु गिरफ्तार

१० कार्तिक २०७७, सोमबार

काबुल, १० कात्तिक

अफगानी सेनाले तालिबान र इस्लामिक स्टेट समूहका नेताहरुलाई पूर्वी नानगारहार प्रान्तबाट गिरफ्तार गरेको छ । प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीका अनुसार आइएस र तालिबानले नियुक्त गरेका दुई जना उप जिल्ला गभर्नरहरु गिरफ्तार भएका हुन् । सेनाले गरेको विशेष अभियानमा आइएसका प्रचार अधिकारी पनि जीवितै पक्राउ परेको प्रवक्ता खोग्यानीले बताउनुभयो । खोग्यानीले नजयान जिल्लामा सेनाले गरेको प्रतिरक्षात्मक कारबाहीमा छ जना थप तालिबान लडाकू मारिएको पनि बताउनुभयो ।