चिनियाँ राजदूत यान्छीले दसैंको अवसरमा गाइन ‘रेशम फिरिरी’ (भिडिओ)

१० कार्तिक २०७७, सोमबार

१० कात्तिक, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली चर्चित गीत रेशम फिरिरि गाएकी छन् । १ मिनेट २९ सेकेन्डको गीतको क्लिप उनले आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेकी छन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत ‘रेशम फिरिरी…’ गाउँदै दसैंको शुभकामना दिएकी छन्। आफ्नो ट्विटरमा गीत गाउँदै गरेको भिडिओ राखेर उनले नेपालीहरूलाई शुभकामना दिएकी हुन्।