
१० कात्तिक, बिराटनगर ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत ३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका सुनसरीका ७९ वर्षका पुरुष, मोरङको पथरी शनिश्चरेका ६३ वर्षका पुरुष र धरान उपमहानरगपालिकाकी ८३ वर्षकी महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
कात्तिक ६ गते इटहरीका ७९ वर्षका पुरुषमा कोरोना द्खिएपछी निज कात्तिक ९ गते भर्ना भएका थिए ।पुरुषको आइतार दिउँसो ४ बजेर ५ मिनेटमा मृत्यु भएको हो । डा. आशिष श्रेष्ठ अनुसार पुरुषमा मिर्गौला र हाइपरटेन्सनको समस्या रहेको थियो ।
तय्सैगरी पथरी शनिश्चरे, मोरङ का पुरुषमा कात्तिक १ गते कोरोना भाइरस संक्रमण भएको थियो । कात्तिक ४ गते अस्पताल भर्ना भएका उनको कात्तिक ९ गते राति १० बजे मृत्यु भएको हो ।
कात्तिक ९ गते धरान उपमहानगरपालिकाकी ८३ वर्षकी महिला मा कोरोना द्खिएपछी निज कात्तिक १० गते अस्पताल भर्ना भएकी र त्यसै दिन मृत्यु भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।