
कार्तिक १०, विराटनगर
मोरङको विराटनगरमा २ जना सहित सोमबार प्रदेशभर २३७ जना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार ५८१ परीक्षणमा सो संख्यामा संक्रमित देखा परेका हुन्।
संक्रमित मध्ये मोरङका ८, सुनसरीका १८७ , झापाका ३१, इलाममा ७, र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा १ महिला र १ पुरुष थपिएका छन । त्यस्तै मोरङको उर्लाबारिमा ४, पथ रिश्निश्चरेमा १ ,बेलबारि १ जनामा संक्रमण देखिएको हो
त्यस्तै सुनसरीको धरानमा १७९,इटहरी ८ जनामा संक्रमण देखिएको हो ।
उत्ता झापाको गैरिगन्जमा ७, बिरतमोड ११, भद्रपुर १, गोरादाह २, हल्दिवारी १ ,कन्काइ ९ जनामा संक्रमण देखिएको हो ।
योसँगै प्रदेश १ मा हाल सम्म कोरोना संक्रमितको पुषटी भएका संख्या ११ हजार ५ सय ६२ पुगेको छ । त्यस्तै प्रदेश १ मा अाज ५०० जना डिस्चार्ज भएका छन् । हालसम्म ५ हजार ८३३ जना डिस्चार्ज भएका छन् ।
हालसम्म १ लाख ५५ हजार १२१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै प्रदेशमा अाज ५ जनाको मृत्युु भएको छ। यो सगै प्रदेशमा मृत्यु हुनेको संख्या १७१ पुगेको छ ।