Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

विजयादशमीका दिन आगलागीबाट पाँच घर जले

2020-10-26 06-10 | RSS                  


A+ A A-

जाजरकोट, १० कात्तिक

विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट शुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घर पूर्णरुपमा जलेको छ ।

घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडाँ सबै जलेको स्थानीयवासी निरज केसीले जानकारी दिनुभयो । आगलागी कसरी भयो भन्ने खुल्न बाँकी रहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय