Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको दुर्घटनामा दुईको मृत्यु

2020-10-26 07-10 | RSS                  


A+ A A-

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परी साइकल चालक मोरङ, उर्लाबारी नगरपालिका निवासी ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरी, सप्तकोशी नगरपालिका –७ निवासी मुकेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले बताउनुभयो ।

श्रेष्ठको विराटनगर र सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तकोशी– ७ का २५ वर्षीय अनिलकुमार यादव घाइते भई स्थानीय अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय