
विराटनगर। कार्तिक १०
विजयादशमी तथा आफ्नो जन्मदिनको अवसरमा हाम्रो विराटनगरका अध्यक्ष राहुल सोनीले विभिन्न ठाउँका विपन्न तथा असहायहरूलाई सहयोग गर्नुभएको छ। हाटखोला स्थित सुकुम्बासी वस्ती तथा नयाँ वस्तीमा रहेका एकदमै न्यूनस्तरका असहायहरूलाई उनीहरूको घरैमा पुगी सहयोग गर्नुभएको हो।
कार्तिक १० गते विजयादशमीको अवसरमा विभिन्न असहायहरूलाई खाद्यान्नहरू पुर्याएर वहाँले जन्मदिन तथा विजयादशमी मनाउनुभयो। सेवा नै धर्म रहेको बताउने सोनीले विपन्न ५ परिवारलाई १-१ बोरा चामल, दाल, नून, तेल तथा तरकारी र मसला उपलब्ध गराउनुभएको थियो।
नेपालीहरुको ठूलो चाड दसैंमा पनि दुई छाक खान नसक्ने अवस्थाका विभिन्न व्यक्तिलाई वहाँले सो सहयोग पुर्याएर आशीर्वाद लिनुभएको थियो।
विपन्नहरूको दसैंमा यसरी राहुल सोनी खुशी बनेर आए
https://youtu.be/0FFpQ885uxE
समाजमा जन्मदिन होस् वा अन्य विशेष अवसरमा मानिसहरूको भड्किलो खर्च तथा रवाफ देखाउने चलन रहेपनि यो खालको परोपकारी काम गर्दा आत्मिक सुख मिल्ने वहाँको भनाइ छ।